पहिरोले पुरिएरले एकै परिवारका ६ जनाको मृत्यु - Crazysaptahik.com

पहिरोले पुरिएरले एकै परिवारका ६ जनाको मृत्यु

क्रेजी साप्ताहिक
पथरी । पहिरोले पुरिएर रोल्पामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीय श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको हो ।

पहिरोमा परेर उनी सँगै श्रीकुमारीको ३८ वर्षीय जेठाजू जय बुढासहित बुढाका श्रीमती र दुई छोरीको पनि मृत्यु भएको छ । बुढाका ३६ वर्षीया श्रीमती मूल ज्योति, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी लिलाराम आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएका थिए । पहिरोमा पुरिएका श्रीकुमारी बुढा र उनको ४ वर्षीय छोरा असलको शव विहान निकालिएको थियो । श्रीकुमारीको जेठाजूसहितको ४ जना सदस्यको शव भने मध्यान्ह निकालिएको उनले बताए ।

सम्बन्धित खवर