क्रेजी साप्ताहिक
पथरी । झापाको दमकमा ‘हर्क श्रेष्ठ प्रतिभा प्रस्फोटन कार्यक्रम–२०७६’ हुने भएको छ । ओझेलमा परेका कलाकारलाई साङ्गितिक कार्यक्रम मार्फत पर्दामा ल्याउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजक रिहन्ना फिल्मस् ईन्टरटेन्टमेन्ट प्रा. लिले शुक्रबार विज्ञप्ती जारी गर्दै कार्यक्रम बारे जानकारी दिएको छ । बडादसंै, दिपावली तथा छठ पर्बको शुभकामना सहित हुने सांगेतिक कार्यक्रम असोज १५ गते बुधबार दमकको गोर्खा डिपार्ट्मेन्टको प्राङ्गणमा दिनको ठिक ११ बजे देखि हुनेछ । कार्यक्रममा बरिष्ठ गायक एल.पी. जोशी, गायक नन्दु गुरुङ, नव गायिका रचना रिमालको साथमा विभिन्न हास्यकलाकार तथा न्यु स्टार डान्स सेन्टरको प्रस्तुति समेत रहने विज्ञप्तीमा उल्लेख छ । बहुप्रतिभाका धनी श्रेष्ठ लामो समय देखि साङ्गेतिक दुनियामा निरन्तर संघर्ष गर्दै आएका छन् ।