कानूनी व्यवस्था सम्वन्धी सामुदायिक सचेतना - Crazysaptahik.com

कानूनी व्यवस्था सम्वन्धी सामुदायिक सचेतना

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरका मेलपिलाप केन्द्रका पदाधिकारी तथा सदस्यहरुलाई ‘अपराध पीडित संरक्षणका लागि बनेको कानूनी व्यवस्था सम्वन्धी सामुदायिक सचेतना’ प्रदान गरिएको छ ।

शुक्रबार महिला कानून र विकास मञ्च (एफडब्लुएलडी) को आयोजनामा भएको कार्यक्रममा मोरङ जिल्ला बार एसोशियसनका सुनीलकुमार कर्णले सहजीकरण गर्नुभएको थियो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चकी प्रादेशिक संयोजक मीना गिरीले संस्थाले महिलाहरुको कानूनी सहायताका पक्षमा काम गर्दै आएको बताउनुभयो ।

सम्बन्धित खवर