जेनिथ स्कुलको दन्त शिविर - Crazysaptahik.com

जेनिथ स्कुलको दन्त शिविर

क्रेजी साप्ताहिक
कानेपोखरी । मोरङको कानेपोखरी–६ रमाइलोमा अवस्थित जेनिथ इङ्लिस स्कुलले आयोजना गरेको एक दिने दन्त शिविरमा ४ सय ५० जना अभिभावक र विद्यार्थीहरुले सेवा लिएका छन् ।

शुक्रबार स्वर्ण पार्वती डेन्टल केयर सेन्टर दमकको प्राविधिक सहयोगमा स्कुलले गरेको दन्त शिविरमा सो बराबरले दात परीक्षण गरी सेवा लिएको हो । शिविरमा डा. विकेश सिंह र डा.अरविन शर्माले चेकजाँच गरेका थिए ।

शिविरमा ७१ वर्षीय नेत्र प्रसाद कोइरालाको तीन वटा दात प्रविधिबाट फुकालिएको साथै मक्किएको १ सय जनाको दात उखेलेका थिए । शिविरमा नर्सरी देखि कक्षा १० सम्मका दातको रोगी विद्यार्थीहरुको दात जांच गरिएको थियो ।

सम्बन्धित खवर