अमेरिकामा एक नेपाली युवकको शव फेला - Crazysaptahik.com

अमेरिकामा एक नेपाली युवकको शव फेला


क्रेजी साप्ताहिक
पथरी । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको शव फेला परेको छ । नेपाली नागरिककै घरमा कोठा भाडामा लिएर बाल्टिमोरमा बस्दै आएका काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल मृत अवस्थामा फेला परेका हुन् ।

बुधबार बिहानै कपिलका घरभेटी नविन अफिस निस्कँदै गर्दा सामान्य अवस्थामा सुतिरहेका कपिल आफुँ अफिसबाट फर्किँदा पनि उही अवस्थामा देखेपछि उठाउँदा नबोलेपछि तुरुन्त प्रहरीलाई सम्पर्क गरी बोलाउँदा प्रहरीले कपिललाई मृत घोषणा गरेको नविनले बताएका छन् ।कपिलका जेठा दाजु जागिरको शिलशिलामा श्रीलंकामा रहेका छन् । अमेरिकाको नागरिकता लिएका कपिल गतवर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । पछिल्लो समय उनकी श्रीमती अमेरिका आउनका लागि तयारी अवस्थामा थिईन्।

भाईको मृत्युको खबर सुनेर बोस्टनबाट बाल्टिमोर आईपुगेका कपिलका दाजु (ठुलो बुबाको छोरा) शूशील पौडेलले कपिलको हृदयघातबाट ज्यान गएको हुनसक्ने बताएका छन्। यसैबीच कपिल पौडेलको अन्तिम दाहसंस्कारका लागि अवैतानिक महावाणिज्य दूत प्रेमराजा महतले व्यवस्थाको संयोजन गर्ने भएका छन् ।

सम्बन्धित खवर