क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेका सुकुम्बासीहरुले धनी पुर्जा बोकेर जग्गा खोज्दै पुगेका एक विचौलियालाई पक्राउ गरी गाउँकै कस्टरी (हिरासत)मा एकदिन थुनेका छन् ।
शनिबार विहान वडा नं. ३ को किराती चौकको बलबहादुर फ्याकको घरमा जग्गा खोज्दै पुगेका ताप्लेजुङ घर बताउने दमक डेरागरेर बस्र्दै आएका भरत भट्टराईलाई गाउँलेहरुले पक्राउ गरी एकदिन थुनेर राखेका हुन् ।
जग्गा विचौलीया ६५ वर्षीय भट्टराई ३ दिन अघि सोही स्थानमा आएर घुम्ने गरेको र शनिबार विहान ३ जना जग्गा खरिद गर्ने व्यक्ति सहित ल्याएर पुर्जा देखाउँदै यो मेरो जग्गा भने पछि गाउँलेहरुले पक्राउ गरेको बलबहादुर फ्याकले बताए ।
उनले कल्पना अधिकारीको १ बिगाह १० कट्ठा,रत्न बहादुर श्रेष्ठको ३ विगाह,लाल बहादुर धिमालको १ विगाह १० कट्ठा र शुभ कुमर श्रेष्ठको ८ कटठा जग्गा धनिपुर्जा ल्याएर जग्गा खोज्दै आएका थिए । उनले धनकुटाका तीनजना व्यक्तिलाई ८० लाखमा ४ विगाह जग्गा दिने भन्दै जग्गा देखाउन ल्याएको अर्का सुकुम्बासी मिना सेन्चुरीले बतइन् ।
सुकुम्बासीहरुले खरिद गर्नेलाई झुक्याएर ल्याएकोले सकुसल छोडिएको तर विचौलिया भरत भट्टराईलाई सजाय स्वरुप १ दिन गाउँकै कस्टरीमा थुनेर राखेका सुकुम्बासी युवा नेता मौसम परिवर्तन याक्थुम्वाले बताए ।
सुकुम्बासीहरुले वडा नं. ३ को किराती चौकमा दोहोरो स्वामित्व रहेको जग्गाको धनीपुर्जा भएको व्यक्तिहरुलाई पक्राउ गरी थुन्ने कस्टरी(हिरासत) निर्माण गरेका छन् । उनिहरुले पुर्जा बोकेर जो आएपनि पक्राउ गरी कस्टरीमा थुनेर राख्ने सुकुम्बासी नेता याक्थुम्बाले बताए ।
सुकुम्बासीहरुले विहान पक्राउ गरी थुनेका थिए । प्रहरीलाई पनि खवर गरेका थिए । विहान देखि दिउँसो भरी इलाका प्रहरी कार्यालय पथरीले विचौलिया भरत भट्टराई थुनेर राखेका कस्टरी(हिरासद) मा डिउँटी गरेका थिए । साँझ तिर इलाका प्रहरी कार्यालय पथरीमा भएको जनप्रतिनिधि सहितको छलफलमा एकहप्ता भित्रमा जग्गा धनी पुर्जा वाललाई बोलाएर कागज गर्ने भनी उनको नागरीकता राखेर छाडेको छ ।
जग्गा धनि आएमा यो ठाउँमा नआउने गरी कागज गर्ने सुकुम्बासी नेता याक्थुम्बाले बताए । घटनामा वडा नं. ३ का वडाध्यक्ष डम्बर चेम्जोङ र उपमेयर यामुना विष्ट बास्तोला लगायत अन्य जनप्रतिनिधिहरु पुगेका थिए ।