क्रेजी साप्ताहिक
पथरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् ।
मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहि विमान चढ्न ढीलो भएकोमा माफी मागेका छन् ।
युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।
हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’
पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर पुगेका थिए । कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् ।
कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो । तर, एक घण्टासम्म नभई १५ मिनेटमात्र ढीलो भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको दाबी छ । गुरागाईले भने, ‘हामी बाटोमा आउँदा राजमार्गमा गाईवस्तुले बाटो छेकेका कारण केही ढीलो भयो ।
-onlinekhabar