बंगलादेशमाथि ५ रनको रोमाञ्चक जितसँगै भारतले यू– १९ एसिया कपको उपाधि रक्षा गरेको छ ।
श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा उपाधि जित्न बंगलादेशले १०७ रनको लक्ष्य पाएको थियो । तर ३३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । उसका अकबर अरीले सर्वा्धिक २३ रन बनाए । १६ रन बनाउँदा ४ विकेट गुमाएको बंगलादेशको पारी अलीले सम्हाल्ने प्रयास गरे । मृत्युन्जय चौधरीले २१ रन बनाए । तर टोलीको हार टार्न सकेनन् ।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका अर्थर एक्लैले ५ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो । मात्र ८ रन जोड्दा ३ विकेट गुमाएको उसका लागि करण लालले ३७ र डीसी जुरेलले ३३ रन बनाए ।