सृजना चौतारीले घुम्ती साहित्यिक कार्यक्रम गर्ने - Crazysaptahik.com

सृजना चौतारीले घुम्ती साहित्यिक कार्यक्रम गर्ने


भूमिप्रसाद पाठक
मोरङको पथरीशनिश्चरे–१ म अवस्थित एभरेष्ट आर्ट फ्युजनको संयोजनमा मासिक ‘सृजना चौतारी साहित्यिक’ कार्यक्रम सम्पन्न गरिएको छ । सोही कार्यक्रममा दर्जन साहित्यिककर्मी कविता, मुक्तक, गजल र हाइकु पस्केक थिए । उक्त कार्यक्रममा कविता, मुक्तक, गजल प्रस्तुत गर्ने साहित्यकारहरुमा दीपक ढुङ्गाना ‘दियालो’, राजेन्द्र भट्टराई ‘विवश’, ओमप्रकाश शर्मा ‘अभिन्न’, भुवनेश्वर पोखरेल, भवानीप्रसाद दुलाल, भीम पुरी, प्रेमकला ढुङ्गाना, एलिना दियाली, भूमिप्रसाद पाठक, युवराज कट्वाल र गंगा ढुंगाना थिए ।

उक्त कार्यक्रमको अध्यक्षता एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष षडानन्द (निश्चल) सुवेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन दिपक ढुंगाना ‘दियाली’ ले गरेका थिए । सोही कार्यक्रममा मासिक ‘सृजना चौतारी घुम्ती साहित्यिक’ कार्यक्रम २०७६ असोज १७ गते शुक्रबार पथरीशनिश्चरे–३ को वीरेन्द्रनगरमा गर्ने निर्णय समेत गरिएको जानकारी अध्यक्ष सुवेदीले दिए । त्यसमा वीरेन्द्रगरका साहित्यकार भुवनेश्वर पोखरेल कार्यक्रम संयोजकका रुपमा जिम्मा दिइएको सुवेदीले बताए । त्यसैगरी क्रमश ः हसन्दह, सोमबारे, रिगुवा, शनिश्चरे लगायत ठाउँहरुमा लैजाने समेत सुवेदीले सुनाए ।

सम्बन्धित खवर