बालदिवसको अवसरमा रेडस्टारमा विविध कार्यक्रम - Crazysaptahik.com

बालदिवसको अवसरमा रेडस्टारमा विविध कार्यक्रम


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित रेडस्टार आवासीय मा.विले भब्य र सभ्य रुपमा बालदिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका वडा नं–२ का वडाध्यक्ष यामप्रसाद गुरागाइ रहेका थिए ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य विद्यालयका निर्देशक टी.एन तिम्सिनाले राखेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल बसन्त मादेनले स्वागत मन्तब्य राखेका थिए । सोही कार्यक्रमका अध्यक्षता निर्देशक÷प्रिन्सिपल तिम्सिनाले गरेका थिए । कार्यक्रममा विद्यार्थिहरुले गायन नृत्य तथा साँस्कृतिक कार्यक्रम समेत राखेका थिए ।

सम्बन्धित खवर