अठार लाखको शौचालय लाई एक करोड भनी गलत प्रचार गरियो ः मेयर रविन राई - Crazysaptahik.com

अठार लाखको शौचालय लाई एक करोड भनी गलत प्रचार गरियो ः मेयर रविन राई


क्रेजी साप्ताहिक
पथरी । रतुवामाई नगरपालिका मेयर रविन राईले १८ लाख रुपैयामा निर्माणधिन शौचालयलाई १ करोड रुपैयामा निर्माण गरेको भनी बाहिर आएको विषय सत्यता नभएको बताएका छन् । मेयर राईले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी रतुवामाई नगरपालिका वार्ड नं.४ झुर्किया बजारमा निर्माणधिन ७ कोठे अपाड्डमैत्री शौचालय १८ लाख ३० हजार ५ सय ४४ रुपैयाको लागतमा ठेक्का भई निर्माण भईरहेको प्रष्ट पारेका छन् । उनले कृषि उपज संकलन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआरं)को आधारमा सिमा क्षेत्र विकास कार्यक्रम अनुसार संघिय सरकारको सर्शत अनुदानमा आएको रकम सहित नगरपालिकाको १० प्रतिशत सहयोगमा सार्वजनिक खरिद ऐन बमोजिम ठेक्कामा काम भईरहेको बताए ।

मेयर राईले शौचालय साढे १८ लाख रुपैया, ५ सय ५९ मिटर पक्की नाला र स्ल्याप निर्माण कार्य ६२ लाख ३६ हजार ४ सय १८ रुपैया र सेफ्टी टंकी, सेनेटरी,इलेक्ट्रनिक्स सामान र निर्माणधिन स्थालको संरचना हटाउन गरी रु १३ लाख ३४ हजार ३८ रुपैयाको प्रविधिक लागत तयार गरी भ्याट बाहेक कुल ९४ लाख ५१ हजार रुपैयामा सार्वजनिक सुचना गरी ठेक्का दिएको बताए । साथै मेयर राईले रतुवामाईको विकास निर्माण प्रति आफु संवेदनशिल रहेको बताउदै गुणस्तरहिन काम कदापी हुन नदिने बताए । उनले झर्किया बजारको बृहत विकासका लागी झर्किया बजारको कृषि उपज संकलन केन्द्रको कुल साढे ६ करोडको डिपिआर तयार गरेर पहिलो चरणमा सो काम भइरहेको बताउदै संघिय सरकार बाट थप अनुदान प्राप्त गरी ३९ वटा कृषि उपज संकलन विक्री केन्द्र, ४ वटा ट्रस्ट, दृष्य अवलोकन भ्यु टावर र मन्दीर निर्माण गर्ने लक्ष्य अनुरुप काम भईरहेका बताए ।

मेयर राईले नगरपालिका संग आधिकारीक रुपमा सुचना नलिई एक पक्षिय रुपमा गलत विवरण राखेर नियोजित रुपमा भ्रम फैलाउने गरी समाचार सम्प्रेण गरीएको गुनासो गुनासो समेत राखे । उनले असार भित्र संघिय सरकार बाट प्राप्त अनुदान रकम खर्च गरिसक्नु पर्नेभएकाले ठेकेदारले चाडो काम गर्दा अहिले देखिएको क्रुटि आएकाले काम सम्पन्न भई नसकेकाले गलत कार्यलाई सच्याउन नगरपालिकाले ठेकेदारलाई पत्र काटि सकेको जानकारी दिदै निर्माण सक्किएपछी पनि ६ महिना सम्म कुनै समस्या आए ठेकेदार बाटै गराइने प्रवाधान सहित ठेक्का लगाएको बताए । हाल शौचालय, पक्की नाला स्ल्याप, सेफटी टंयाकी लगायतको निर्माण कार्य यलम्वर न्यु कन्ट्रक्सन रंगेलीले गरिरहेको छ ।

सम्बन्धित खवर