मोरङको पथरीमा एकै पटकमा तीन सन्तानको जन्म - Crazysaptahik.com

मोरङको पथरीमा एकै पटकमा तीन सन्तानको जन्म


क्रेजी साप्ताहिक
पथरी । प्रायजसो १ वा २ सन्तान मात्र जन्मिने गरेको हामीले देख्ने वा सुन्ने गरेका छौँ । एकैपटकमा ३ सन्तानको जन्म बिरलै हुने गरेको छ । तर मोरङको पथरीमा एक महिलाले पहिलो पटकमै ३ सन्तानलाई जन्म दिएकी छिन ।

मोरङको पथरीशनिश्चरे १ मा भगवती खडकाले ४ दिनअघि बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक २ छोरी र एक छोरा गरी ३ सन्तानलाई जन्म दिएकी हुन । उनका ३ जना सन्तान र आमाको अबस्था समेत सकुशल रहेको छ । भगवतीका श्रीमान मनोज बैदेशिक रोजगारीका क्रममा रहेका छन ।

भगवतीका काका सञ्चारकर्मी समेत रहेका कुमार खडकाले परिवारमा पहिलोपटक ३ जना सन्तान जन्मिएकोमा खुसी सँगै आफुलाई समेत आश्चर्य लागेको बताएका छन । उनका अनुसार आमा र बच्चा दुबैको सवास्थ्य समेत सकुशल रहेको छ । अस्पतालले समेत राम्रो हेरचाह गरेका कारण हाल कुने समस्या नरहेको र केही दिनमै उनीहरुलाई घर ल्याउने तयारी रहेको खडकाले जानकारी दिए ।

सम्बन्धित खवर