क्रेजी साप्ताहिक
पथरी । झापाको दमकमा एक महिलाले तालु नभएको बच्चालाई जन्म दिएकी छिन् । दमक स्थित आम्दा अस्पतालमा प्रसुती गराउन आएकी ती महिलाले फरक प्रकृतीको शिशुलाई जन्म दिएकी हुन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ मधुमल्लाकी गुराँस कार्कीले टाउकोको माथिल्लो भाग, तालु बिनाको शिशुलाई जन्म दिएकी हुन् । आम्दा अस्पतालका फेमेली फेजिसियन डा. प्रकाश शर्माका अनुसार गर्भावस्थामा पोषिलो खानेकुराको अभाव हुँदा र नियमित स्वास्थ्य परिक्षण नगराएमा यस प्रकारका समस्या हुने गरेको बताएका छन ।
२४ वर्षिया गुराँश र ३० बर्षीय सुजनको दोस्रो सन्तानको रुपमा जन्मीएकी छोरीको तालु नभएको अवस्थामा जन्म भएपछि यसको उपचार हुन्छ कि हँुदैन भन्दै परिवारजन चिन्तित छन् । आर्थिक अवस्था समेत कमजोर रहेको कार्की परिवारमा तालुनै नभएको शिशु जन्मिएपछि थप संकट आईलागेको छ । बाबु सुजन कार्की घर बनाउने डकर्मी काम गर्दै आएको बताएका छन ।