रेडस्टारमा बाल दिवस मनाइयो - Crazysaptahik.com

रेडस्टारमा बाल दिवस मनाइयो


क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे–२ मा अवस्थित रेडस्टार अं.आ.मा.वि ले सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ बाल दिवस कार्यक्रम विद्यालयको प्राङ्गणमा मनाएकोे छ ।

पुर्व स्कुल क्याप्टेन युगा राईको सभापतित्व, पथरीशनिश्चरे नगरपालिका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष श्री यम प्रसाद गुराँगाई को प्रमुख आतिथ्यता, न्यायिक समिति सदस्य तथा वडा नं. २ वडा सदस्य श्री पर्शुराम न्यौपाने र वडा नं. २ वडा सदस्य अग्नि गुरुङको विशिष्ठ आतिथ्यतामा सो कार्यक्रम संचालन भएको थियो ।

सो कार्यक्रममा औपचारिक कार्यक्रमको संचालन ई.सी.ए. इञ्चार्ज श्री दिपेन्द्र धमलाले र अनौपचारिक तथा सांस्कृतिक कार्यक्रम विद्यार्थीहरुले संचालन गरेका थिए ।

सो कार्यक्रमको अवसरमा प्रमुख अतिथि यम प्रसाद गुराँगाई र विशिष्ठ अतिथिहरुले बाल दिवसका विविध पक्षहरुमा चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए भने स्वागत र सुभकामना मन्तव्य क्रमशः विद्यालयका सह—प्रधानाध्यापक बसन्त मादेन र प्रधानाध्यापक टि.एन.तिम्सिनाले राखेका थिए ।

उक्त कार्यक्रमको अवसरमा विद्यालयमा अध्ययनरत कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए साथै विद्यालयकी शिक्षिका सरिता भट्टराई द्वारा निर्देशित नाटक ‘ सचेतना ’ कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो ।

विद्यालयको शैक्षिक कार्यतालिका अनुसार बैशाख देखि भाद्र महिना सम्म संचालन भएका विभिन्न अतिरिक्त क्रियाकलापका प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल सहित पुरस्कृत गरिएको थियो.।

बिहानी सत्रमा पनि बाल दिवसको अवसर पारेर कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत कार्यक्रमको आयोजना गरेका थिए । उक्त अवसरमा कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर