राजेशपायल राईको घरमा आगलागि, ‘भगवानबाट पनि गल्ती हुँदोरहेछ’–राजेशपायल - Crazysaptahik.com

राजेशपायल राईको घरमा आगलागि, ‘भगवानबाट पनि गल्ती हुँदोरहेछ’–राजेशपायल


क्रेजी साप्ताहिक
पथरी । राई इज किंग उपनामले चर्चित गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केको थियो । राजशले पाएका अधिकांश सम्मानपत्रहरु आगलागीबाट नष्ट भएका छन् ।

सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु गायक राइइले आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । छिमेकी, प्रहरी र दमकलको सहायतामा आगो निभाइएको थियो । गायक राजेश पायल राई भने अहिले सांगीतिक टुरका लागि विदेशमा छन् । घरमा केही मानिसहरु मात्र भएको अवस्थामा आगो लागेको थियो ।

आगो लागेपछि राजेशले फेसबुकमा स्टाटस लेख्दै सबैभन्दा ठूलो समय नै भएको बताएका छन् । उनले लेखेका छन्–‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदोरहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन्, एक दिन गल्ती नगरिकन । यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’

उनले अवार्डहरु जले पनि दर्शकले दिएको माया कहिले नजलोस् भनेर कामना पनि गरेका छन् । आगलागिबाट के कति क्षति भयो भनेर अहिलेसम्म खुलेको छैन ।

सम्बन्धित खवर