किताब परियोजनाका सन्दर्भ सामग्री वितरण - Crazysaptahik.com

किताब परियोजनाका सन्दर्भ सामग्री वितरण

क्रेजी साप्ताहिक
पथरी । सरकारको विद्यालय क्षेत्र विकास योजना अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका २६ वटा सामुदायिक विद्यालयलाई किताब परियोजनाका सन्दर्भ सामग्रीका रुपमा किताब वितरण भएको छ ।

नगरपालिकाको संयोजन तथा राष्ट्रिय सामुदायिक विकास केन्द्रको आयोजनामा आज आयोजित कार्यक्रममा नगरपालिका उपसचिव शालिकराम काफ्ले, आयोजनाका फिल्ड अफिसर अर्जुन विश्वकर्माले विद्यालयलाई पुस्तक वितरण गर्नुभयो ।

शिक्षाको सिकाईलाई प्रभावकारी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि सन्दर्भ सामग्रीका रुपमा ती पुस्तक सशुल्क रुपमा वितरण गरिएको हो ।

विश्व बैंकको आर्थिक र वल्र्ड भिजन नेपालको प्राविधिक सहयोगमा मोरङ र सुनसरीमा परियोजना सञ्चालन भइरहेको छ । प्रत्येक सामुदायिक विद्यालयमा पुस्तक कुना तयार गर्ने पूर्वाधारका लागि सरकारले किताव परियोजना सञ्चालनको अवधारणा अघि बढाएको छ । सरकारले ०७२ देखि ०८० सम्ममा यो परियोजना देशभर सञ्चालन गरिसक्ने योजना बनाएको छ ।

सम्बन्धित खवर