क्रेजी साप्ताहिक
पथरी । अपाङ्गताभएका व्यक्तिहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले दोस्रो पटकमा ४६ जनालाई परिचयपत्र वितरण गरेको छ ।
अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति मार्फत् पूर्ण अशक्त (रातो कार्ड) ६ जनाले, अशक्त (नीलो कार्ड) १९ जनाले, मध्यम अशक्त (पहेंलो कार्ड) ८ जनाले र सामान्य अशक्त ( सेतो कार्ड) १३ जनाले प्राप्त गरेको समिति सदस्य सचिव गीता कट्टेलले जनाउनुभयो ।
अस्पतालका डाक्टरहरुको प्रत्यक्ष परीक्षणमा अवस्थाको वर्गिकरण गरी परिचयपत्र दिइएको हो । महिनाको अन्तिम सोमबार वितरण थालिएको परिचयपत्र अव प्रत्येक महिनाको १५ र ३० गते वितरण हुने नयाँ निर्णय भएको छ ।
जस अनुसार, १५ गते वडा नम्वर १, २, ३, ५ र ७ तथा ३० गते ४, ६, ८, ९ र १० नम्वर वडाका लागि परिचयपत्र वितरणको समय निर्धारण गरिएको छ । सम्वन्धित वडा कार्यालयले अङ्गताभएका व्यक्तिहरुको कागजात संकलन गरेर तोकिएको मिति भन्दा १ साता अघि नै समितिमा पेश गरिसक्नु पर्ने प्रावधान बनाइएको छ ।
नगर प्रमुख दिलिपकुमार राई र उपप्रमख एवम् अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति संयोजक यमुना विष्ट वास्तोलाले गत साउन २७ गते औपचारिक रुपमा पहिलो पटक परिचयपत्र वितरण थाल्नु भएको थियो ।