नेइमारको प्रतिबन्ध घट्यो - Crazysaptahik.com

नेइमारको प्रतिबन्ध घट्यो

फ्रेन्च क्लब पिएसजीका ब्राजिलयन फरवार्ड नेइमारलाई युरोपियन च्याम्पियन्स लिगमा लगाइएको ३ खेलको प्रतिबन्ध घटाइएको छ ।

गत वैशाखमा युरोपियन फुटबल महासंघले नेइमारले रेफ्रीलाई समाजिक संजालमार्फत अभद्र टिप्पणी गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

युरोपियन फुटबल महासंघमा गरेको अपिल अस्विकृत भएपछि पिएसजीले कोर्ट अफ आर्विट्रेसन फर स्पोर्टमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको सुनुवाइपछि २ खेलमा मात्र प्रतिबन्ध लगाउन आदेश दिइएको छ ।

अब उनले च्याम्पियन्स लिगको समूह चरणमा रियल म्याड्रिड र गालातासारेविरुद्धको खेल गुमाउनेछन् । उनी २२ अक्टोबरमा क्लब ब्रग्सविरुद्धको खेलबाट च्याम्पियन्स लिगमा फर्कनेछन् ।

सम्बन्धित खवर