नगरको शुभकामना तिम्ल्याहा सन्तानलाई - Crazysaptahik.com

नगरको शुभकामना तिम्ल्याहा सन्तानलाई

क्रेजी साप्ताहिक
पथरी । तिम्ल्याह सन्तानलाई जन्म दिने मोरङको पथरीशनिश्चरे १ की भगवती खड्का (कार्की) तथा नवजात शिुशुहरुलाई नगरपालिका कार्यालयले शुभकामना व्यक्त गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले बुधबार कार्की र उहाँका तिम्ल्याहा सन्तानलाई भेटी सुत्केरी आमा र नवजात शिशुका लागि आवश्यक कपडा सहितका सामग्री प्रदान गर्दै शुभकामना व्यक्त गर्नुभएका हो । उहाँहरुले आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो । आमा र शिुशुहरुको अवस्था सामान्य रहेको छ ।

कार्कीले भदौ २६ गते नोबेल अस्पताल बिराटनगरमा पहिलो पटक २ छोरी र १ छोरा गरी ३ सन्तान जन्माउनु भएको छ ।

सम्बन्धित खवर