क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा डेंगु रोगबाट बच्ने उपायका बारेमा जनचेतना अभिबृद्धिका लागि दलित सेवा संघले अभियान थालेको छ ।
नगरपालिका कार्यालयमा आज आयोजित कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले अभियानको उद्घाटन् गर्दै पर्चा वितरण गरिन् ।
नगर प्रमुख राईले आफ्नो घर र घर वरपर सफा पानी जम्न नदिने कुरामा ख्याल गरेर डेंगुबाट मुक्त हुन सकिने वताउँदै नगरवासीलाई त्यसखाले कुरामा सचेत रहन आव्हान समेत गरेको छ ।
नगरमा डेंगु रोग बढिरहेको अवस्थामा यसबाट वच्ने सचेतनाका लागि तयार पारिएको पर्चा विवतरण गर्दै वडा नम्वर १ को पथरी बजारमा माइकिङ गरी पर्चा वितरण गरिएको संघका नगर अध्यक्ष रामप्रसाद परियारले बताए ।
डेंगुबाट जनप्रतिनिधि, समाजसेवीहरुलाई समेत विरामी परेको अवस्थामा सफा र स्थीर पानी जम्ने ठाउँहरु नष्ट गर्न लाग्नु पर्नेमा संघले जोड दिँदै डेंगुका लक्षण र त्यसबाट बच्ने उपायका बारेमा पर्चामा उल्लेख गरेको छ ।