चालक अनुमति विना मोटरसाइकल चलाउदा मृत्यु - Crazysaptahik.com

चालक अनुमति विना मोटरसाइकल चलाउदा मृत्यु


क्रेजी साप्ताहिक
पथरी । सवारी चालक अनुमति पत्र विना मोटारसाइकल चलाउदा मोरङ कानेपोखरी गाउँपालिका–२ को १६ वर्षीय रणध्वज लिम्बुको मृत्यु भएको छ ।

मंगलबार राति १० बजे को ३ प ६९०२ नम्बरको मोटरसाइकलमा दक्षिणतिरबाट उत्तर आउने क्रममा आफै अनियन्त्रित भइ दुर्घट्ना हुँदा लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रामप्रसाद ढकालले बताए ।

दुर्घट्नापछि लिम्बुलाई उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल लगिएको थियो । उपचारको क्रममा बुधबार ५ बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो । मृतक लिम्बूसँग सवारी अनुमति पत्र नभएको र उक्त मोटारसाइकल सोही ठाउँको मनोज चौधरीको भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर