क्रेजी साप्ताहिक
पथरी । संविधान दिवशका अवसरमा आज (शुक्रबार) मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयले कार्यालयमा झण्डोत्तोलन गरेका छन् ।
विहान वडा नम्वर १ स्थित नगरपालिका कार्यालयबाट सुरु भएको पञ्चेबाजा सहितको र्याली २ को बुद्धचोकसम्म पुगेर पथरी बजार परिक्रमा गरी कार्यालयमा नेपाली राष्टिङय झण्डा फहराउने कार्यक्रममा समावेश भएको थियो ।
संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, नगरपालिका उपसचिव शालिग्राम काफ्ले सहित वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी तथा स्थानीय संघ संस्थाका प्रतिनिधि एवम् समाजसेवीहरु प्रभातफेरिमा सहभागी बन्नुभयो ।
नगरमा झण्डोत्तोलनपछि बोल्दै नगर प्रमुख राईले जनताको बलिदान तथा संघर्षबाट प्राप्त संविधानको जगबाट नगर सहित मुलुकको समग्र विकासको गति अघि बढ्दै गरेको जनाउनु भयो ।
यसैगरी, नगरको कार्यक्रमपछि प्रत्येक वडा कार्यालयहरुले पनि झण्डोत्तोलन गरेका छन् । हिजो प्रत्येक वडाका बजार तथा महत्वपूर्ण स्थानमा सरसफाई र साँझ नगरपालिका कार्यालयमा दिपावली गरिएको थियो । आज (शुक्रबारं साँझ नगरपालिका कार्यालय र सवै वडा कार्यालयमा दिपावली गरिने छ । साथै प्रत्येक नगरवासीलाई साँझ दिपावली गर्न नगरले आव्हान समेत गरेको छ ।
३ दिने संविधान दिवशको कार्यक्रम अन्तर्गत नगरपालिका कार्यलयमा भोली विहान ११ बजे पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र दोस्रो संविधानसभा सदस्य चण्डीप्रसाद राईलाई सम्मान गर्ने कार्यक्रम छ । साँझ नगरपालिका कार्यालयमा दिप प्रज्वलन गरी दिवश कार्यक्रम समापन गरिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।