बोइलरको चल्लालाई मेहन्दी लगाएर लोकल भन्दै बेच्ने पक्राउ - Crazysaptahik.com

बोइलरको चल्लालाई मेहन्दी लगाएर लोकल भन्दै बेच्ने पक्राउ

क्रेजी साप्ताहिक
पथरी । ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर लोकल भन्दै बेच्ने २ जना भारतीय नगरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीले बताए । उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेकासहित करिब एक सयजति चल्ला बरामद गरिएको छ । पक्राउ परेका दुवै प्रहरीको हिरासतमा छन् ।

सम्बन्धित खवर