तेस्रो उर्लाबारी रनको उपाधि सुवास र निकीलाई - Crazysaptahik.com

तेस्रो उर्लाबारी रनको उपाधि सुवास र निकीलाई

क्रेजी साप्ताहिक
उर्लाबारी । संविधान दिवस तथा शान्ति दिवसको अवसरमा आयोजित ‘स्वास्थ्यको लागि दौड’ भन्ने मूल नाराका साथ तेस्रो उर्लाबारी रन २०७६ सम्पन्न भएको छ ।

शनिबार भएको उर्लाबारी रनको खुल्लातर्फ पुरुषको उपाधि विराटनगरका सुवास कार्की र महिलातर्फ धरानकी निकी नेम्बाङले उपाधि आफ्नो पोल्टामा पारेका ।

सामुदायिक विकास मञ्चको आयोजनामा सो प्रतियोगिताको उपाधिसँगै पुरुषतर्फको विजेता कार्कीले नगद ११ हजार र महिलातर्फको विजेता नेम्वाङले १० हजार रुपैयाँ पाइन् । उनीहरु दुबै जनाले पाँच लाख रुपैयाँ बराबर वीमा गर्ने मौका प्राप्त गरे ।

यस्तैगरी खुल्ला पुरुषतर्फ दोस्रो विराटनगरकै जितेन दनुवार भए । उनले नगद ९ हजार पाए । सोही समूहमा अर्धाखाँचीका शिव रायमाझी तेस्रो हुँदै नगद ७ हजार प्राप्त गरे भने सान्तवना खोटाङका सिकेश राईले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै महिलातर्फ दोस्रो दमककी चन्द्रकला भूजेल भइन् । उनले नगद ७ हजार प्राप्त । यस्तै, दमककै संगीता तामाङ तेस्रो भइन् । उनले नगद ५ हजार प्राप्त गरिन् ।

भेट्रानतर्फ प्यूठानका दामोदार बुढामगरले उपाधि हात पारे । उनले नगद ५ हजार र पाँच लाख रुपैयाँ बराबरको वीमा प्राप्त गरे । दोस्रो धरानका मंगलबहादुर तामाङ दोस्रो, तेस्रो धरानका रामप्रसाद उराव र चौथो उर्लाबारीका युवराज दाहाल भए । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पाए ।

यसरी नै उर्लाबारी नगर स्तरीय खुल्ला दौड पुरुषतर्फ पुरुष प्रथम उर्लाबारी–७ का अर्जुन श्रेष्ठ, दोस्रो उर्लाबारी–७ कै गजेन्द्र निरौला, तेस्रो उर्लाबारी–१ का सविन राई र चौँथो उर्लाबारी–९ का विवेक कार्की भए । प्रथम, दोस्रो, तेस्रो र चौँथो हुनेले क्रमशः ४ हजार, ३ हजार, २ हजार र ५ सय रुपैयाँ पुरस्कार पाए ।

प्रथम हुने श्रेष्ठले ५ लाख रुपैयाँ बराबरको बिमासमेत पाए । यस्तै, नगर स्तरीय महिलातर्फ प्रथम उर्लाबारी–१ की विनु अधिकारी, दोस्रो उर्लाबारी–५ की मुना चौलागाई, तेस्रो उर्लाबारी–६ की सोल्मा राई र चौँथो उर्लाबारी–६ की रिना बोहोरा भइन् । प्रथम, दोस्रो, तेस्रो र चौँथो हुनेलाई नगद ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैयाँ पुरस्कार गरियो । प्रथम हुने अधिकारीले ५ लाख रुपैयाँ बराबरको बिमासमेत पाइन् । १४ बर्ष मुनिका बालकतर्फ धरानका किरण राई प्रथम भए । उनले नगद ३ हजार र ५ लाख रुपैयाँ बराबरको बिमासमेत पाए ।

दोस्रो दमकका युवराज लिम्बु, तेस्रो दमककै पवनकुमार साह र चौथो धरानका राजन राई भए । उनीहरुले क्रमशः २ हजार, १ हजार र ५ सय रुपैयाँ पाए । त्यस्तै, बालिकातर्फ धरानकी प्रेमा तामाङले जितिन् । उनले नगद नगद ३ हजार र ५ लाख रुपैयाँ बराबरको बिमासमेत पाइन् । त्यस्तै, दोस्रो दमककी लक्ष्मी भुजेल, तेस्रो उर्लाबारीकी पुजा विमल र चौँथो उर्लाबारीकी इर्शा राई बनिन् । उनीहरुले क्रमशः २ हजार, १ हजार र ५ सय रुपैयाँ पाए । स्वास्थ्यका लागि दौड भन्ने मुख्य नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक प्रभु राईले बताए । राष्ट्रियस्तरमा उर्लाबारीको पहिचान गराउने हेतुले सो प्रतियोगिता आयोजना गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताए ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा विशिष्ट अतिथि अल्ट्रा धाविका मिरा राई रहेकी थिइन् । राई कार्यक्रमको मुख्य आकर्षण बनेकी थिइन् । उनीसँग सेल्फी फोटो खिच्नेको तांती नै लागेको थियो ।

तेस्रो उर्लाबारी रन २०७६ को भिडियोहरु :-

https://www.youtube.com/watch?v=WGnWpbDfumE

 

https://www.youtube.com/watch?v=XN-sSB6577g

सम्बन्धित खवर