शिव परियारले नचाए सरोज र आश्मालाई (भिडियो सहित) - Crazysaptahik.com

शिव परियारले नचाए सरोज र आश्मालाई (भिडियो सहित)


क्रेजी साप्ताहिक
पथरी । ‘कार्टुन क्रुज’ का मुख्य दुई कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मालाई लोकप्रिय गायक शिव परियारले नचाएका छन् । गायक परिवारको स्वर रहेको गीत ‘भेट हुदाँ’को म्यूजिक भिडियो मा ‘कार्टुन क्रुजका ति दुइ कलाकारले अभिनय गरेका छन् । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ।

प्रहाल्द शाहको शब्दमा रहेको यस गीतमा शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको छ । ‘भेट हुदाँ’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । फिल्मी स्टाइलमा तयार गरिएको भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन् । विकास ज्ञावलीले सम्पादन रहेको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल यु ट्युबमार्फत बिहिबार साझ सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस ः

सम्बन्धित खवर