बस दुर्घट्ना हुँदा २६ जनाको मृत्यु, १२ जना घाइते - Crazysaptahik.com

बस दुर्घट्ना हुँदा २६ जनाको मृत्यु, १२ जना घाइते

क्रेजी साप्ताहिक
एजेन्सी । यात्रुबाहक बस दुर्घटनामा परी पाकिस्तानको बबुसार टप नजिकै कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ ।

मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए ।स्कार्दुबाट रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको थियो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् ।

घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

सम्बन्धित खवर