बैंक अफ काठमाण्डूका पूर्व्सिइओसहित सात पक्राउ - Crazysaptahik.com

बैंक अफ काठमाण्डूका पूर्व्सिइओसहित सात पक्राउ


क्रेजी साप्ताहिक
पथरी । बैंक अफ काठमाण्डुका पूर्वसिइओ अजय श्रेष्ठ पक्राउ परेका छन् । नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोपमा उनिसहित सातजना पक्राउ परेका हुन् ।

श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई शुक्रबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरो प्रमुख निरजबहादुर शाहीले बताए।

दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।अनुसन्धानको क्रममा पक्राउ गरी प्रहरीले बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी गरेको हो।

‘पक्राउपछि अनुसन्धान थालिएको छ, बैंकिङ कसूरमा मुद्दा अभियोजन हुन्छ,’ शाहीले भने।नक्कली कागजातका आधारमा कर्जा निष्कासन भएपछि बैंक अफ काठमाडौंले प्रहरीमा निवेदन दिएको थियो।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.