बिहान ३ बजेदेखि लाइन बस्दा पनि टिकट पाइदैन - Crazysaptahik.com

बिहान ३ बजेदेखि लाइन बस्दा पनि टिकट पाइदैन

क्रेजी साप्ताहिक
पथरी । दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो देखिएको छ । दसैं मनाउन समयमै घर जाने उद्देश्यकासाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो । दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका छन् ।

दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि लाइनमा बस्न आएका हुन् । आइतबार टिकट काउन्टरमा एकैचोटि सर्वसाधारण ओइरिएपछि एक घण्टासम्म लाइनमा बस्नुपरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताए ।

सम्बन्धित खवर