क्रेजी साप्ताहिक
पथरी । मोरङमा मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा चारजना युवाहरुलाई प्रहरिले पक्राउ गरेको छ ।
सुन्दरहरैंचा नगरपालिका १ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आइतवार उनिहरुलाई मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका ५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका ५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारू रहेका छन्।
अधिकारीका अनुसार शनिबार राति पक्राउ परेकामध्ये एक जनाले ती किशोरीलाई बोलाएर मदिरा सेवन गराई लठ्याएका थिए। किशोरी लठ्ठिएपछि उनले अरू तीन जना साथीलाई बोलाएर केराघारीमा पुर्याए र त्यहाँ पनि मदिरा सेवन गराए।
‘मदिरा सेवन गरेपछि किशोरी अचेतझैं भएपछि उनीहरूले सामूहिक रूपमा करणी गरेको खुल्नमा आएको छ,’ अधिकारीले भने। राति नै पीडकमध्येका एक युवककी श्रीमती श्रीमान् खोज्न जाने क्रममा केराघारीमा गतिविधि देखेपछि उनैले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले त्यसपछि युवाहरूको खोजी थालेको थियो।
किशोरीलाई स्वास्थ्य परिक्षणका लागि कोसी अञ्चल अप्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।