फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायणले दिए राजीनामा - Crazysaptahik.com

फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायणले दिए राजीनामा

नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।

साफ यू १८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू(१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

अघिल्लो दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू १८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

– अनलाइनखबरबाट

सम्बन्धित खवर