पथरीमा भएको सवारी दुर्घटनामा परि १३ जना घाइते - Crazysaptahik.com

पथरीमा भएको सवारी दुर्घटनामा परि १३ जना घाइते

क्रेजी साप्ताहिक
मोरङको पथरीमा आज भएक्को सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । पुर्वपश्चिम राजमार्गस्थित जयचोकमा बिहान ९ बजेर ५० मिनेटमा बस र पिकअप एकआपसमा ठोकीदा पिकअपका सहचालक गम्भिर घाइते भएका छन् ।पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ख ४२७८ नं. को बस र विपरीत दिसाबाट आउदै गरेको को १ च ७९०५ नं. को पिकअप एकआपसमा ठोक्कीएको थियो ।

सो दुर्घटना परी गम्भिर घाईते भएका पिकअप सहचालक तोपगाछि ७ झापा बस्ने २८ बर्षिय मनिषदर्जीको बिराट नर्सिङ अस्पताल बिराटनगरमा उपचार भइरहेको ट्राफिक कार्यालय पथरीले जनाएको छ ।यस्तै घाइतेहुनेहरुमा बुद्धशान्ति नगरपालिका ५ झापा बस्ने ३० वर्षको केवल कुमारको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको र घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ यस्तै बसमा सवार यात्रु पथरीशनिश्चरे ९ बस्ने वर्ष ५७ को रुद« बहादुर दाहाल, धरान ३ बस्ने वर्ष २२ को डेविड कार्की, विर्तामोड नगरपालिका ३ बस्ने वर्ष ६० की गंगा लामिछाने, धरान १५ बस्ने वर्ष ३२ को संजय मगर,सुन्दरहरैचा नगरपालिका ११ बस्ने वर्ष ८९ को हरी प्रसाद काकी,ईटहरी नगरपालिका ५ बस्ने वर्ष ५२ को बाबुराम अधिकारी, दमक नगरपालिका ८ बस्ने वर्ष ४५ की बिना खवास, दमक नगरपालिका ५ बस्ने वर्ष ४८ को कुमार भुजेल, धनकुटा नगरपालिका ७ बस्ने वर्ष ४४ को बिकाश श्रेष्ठ र ईटहरी उप महानगरपालिका ३ बस्ने वर्ष ३८ को झमक कटुवालको अवस्था सामान्य रहेको पथरी अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित खवर