बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने धम्की - Crazysaptahik.com

बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने धम्की

क्रेजी साप्ताहिक
एजेन्सी । बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने भम्की आएको छ । धम्कीको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका छन् ।

यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्कीका कारण खानलाई पञ्जावको अदालत र बाटोमा समेत सुरक्षा दिइएको थियो । आगामी डिसेम्बर २७ मा सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ । सीजेएम ग्रामिण अदालतले खानलाई पाचँ वर्षको जेल सजाय सुनाएपछि उनले अपिल गरेका थिए । सो अपिलमा आगामी सेप्टेम्बर २७ मा सुनुवाई हुन लागेको हो । खानलाई मार्ने धम्की दिने पञ्जाब विश्वविद्यालयका युवकले फेसबुकमा लेखेका छन् ,‘सलमान खान तिमी भारतको कानुनबाट त बच्लाउ तर बिश्नोई समाज र सोपु पार्टीको कानुनले तिमीलाई सजाय सुनाइसकेको छ । सोपूको अदालतमा तिमी दोषी छौ सलमान ।’

यो पोस्ट भाइरल भएपछि प्रहरीले यसबारे जाँच सुरु गरेको थियो । जोधपुर डीसीपी धर्मेन्द्र यादवले कुनै सेलिब्रेटीलाई अदालतमा पेश गर्ने बेला पूर्ण सुरक्षा दिने बताए । खासमा कांकाणी शिकारको मुद्दापछि सलमान खानलाई यसअघि पनि ज्यान मार्ने धम्की धेरैपटक आएको छ ।

सम्बन्धित खवर