बेलबारी अन्र्राष्ट्रिय आमन्त्रण गोल्डकप ः धरान फाइनलमा - Crazysaptahik.com

बेलबारी अन्र्राष्ट्रिय आमन्त्रण गोल्डकप ः धरान फाइनलमा

क्रेजी साप्ताहिक
पथरी ।
मोरङको बेलबारी–११ स्थित लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा धरान फुटबल क्लब प्रवेश गरेको छ ।  हिजो भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंलाई २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधिको नजिक पुगेको हो । धरानले विभागीय टोली एपीएफ र रोयल क्लब भारतबीचको विजेतासँग आगामी शुक्रबार उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नु पर्ने छ ।

धरानको जितमा वर्तमान राई र कर्ण लिम्बूले एक/एक गोल गरे । एकेडेमीकासुशान्त तामाङले एक गोल फर्काए । धरानको तुलनामा उत्कृष्ट प्रदर्शन गरे पनि स्कोर निकाल्न नसक्दा एकेडेमीको फाइनल यात्रामा पूर्ण विराम लागेको थियो । धरानले गोल गर्नका लागि खासै अवसर सिर्जना गर्न नसके पनि पाएका अवसरलाई सदुपयोग गर्दै एकेडेमीलाई रोकेर अघि बढ्यो ।
एकेडेमीले भने गोल गर्नका लागि पटक–पटक पाएको अवसर पनि गुमाएको थियो । फिनिसिङ फितलो हुनु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । कृष्ण लामाको ठाउँमा ५४ औं मिनेटमा मैदान छिरेका यू–१८ राष्ट्रिय टोलीका कप्तान जय तामाङले उत्कृष्ट प्रदर्शन गरे पनि एकेडेमीले परिणाम आफ्नो पक्षमा पार्न सकेन । ५६ औं मिनेटमा राजु पहारीका ठाउँमा छिरेका नवीन लामा गुरुङको प्रदर्शन पनि सम्झन लायक रहयो ।

वर्तमान राईले पहिलो बार च्याप्दै ५ औं मिनेटमा गरेको प्रहारले पोस्टको दिशा लिंदा धरानले गोलको खाता खोेलेको हो । गोलरक्षक रोहित कार्कीले पञ्ज गरेर बचाउने क्रममा राईले प्रहार गरेको बलले पोलमा लागेर जाली चुम्दा एकेडेमी दबाबमा प¥यो । ८० औं मिनेटमा कर्ण लिम्बूको गोलमार्फत धरानले दोब्बर अग्रता लिएको थियो । पहिलो गोलकर्ता वर्तमानका ठाउँमा ५७ औं मिनेटमा मैदान छिरेका उमेश राईले दिएको क्रस पासलाई लिम्बूले पोस्टको बाटो दिएपछि धरानको जित पक्का भयो ।  सुशान्त तामाङले ८७ औैं मिनेटमा गोल फर्काए पनि एकेडेमीलाई जितका लागि पर्याप्त हुन सकेन । जीवन धामीको क्रस पासमा तामाङले बललाई वान टच जाली चुमाएका हुन् ।

७० औं मिनेटमा कर्ण लिम्बूको सशक्त प्रहारलाई उत्कृष्ट ढंगबाट रोकेर गोलरक्षक रोहित कार्कीले एकेडेमीमाथि अरु गोल हुनबाट बचाए । ११ औं मिनेटमा सुशान्त तामाङ वान भर्सेस वानमा चुक्दा एकेडेमीले सुरुवातमै खेलमा फर्कने अवसर गुमायो । ४३ औं मिनेटमा जीवन धामीको पासमा राजीव पहारीको प्रहारले पोस्टको बाटो नदेख्दा पहिलो हाफमा खेल बराबरी हुन सकेन । ७३ औं मिनेटमा एकेडेमीका जय गुरुङको प्रहारलाई बचाउँदै गोलरक्षक लक्की कार्कीले धरान विरुद्ध गोलको संकट टारेका थिए । ८९ मिनेटमा भुषण सुब्बाको प्रहारलाई पनि गोल रक्षक कार्कीेले बचाउँदै आफ्नो टिमको जित निश्चित गराएर एकेडेमीको फाइनल यात्रालाई रोकिदिए ।

खेलको म्यान अफ दी म्याच रोशन भुजेल भए । उनले पाँच हजार नगद पाए । दोस्रो सेमिफाइनल खेलमा एपीएफ र भारतबीच आज प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित खवर