खोलाले बगाउँदा एक जना बेपत्ता - Crazysaptahik.com

खोलाले बगाउँदा एक जना बेपत्ता


क्रेजी साप्ताहिक
झापा । झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सा्र्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

आज बुधबार १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

गत साउनमा हडिया खोलाले नै बगाएर बेपत्ता बनाएका मेचीनगर–१४ का सुफल हस्दा समेत अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर