क्रेजी साप्ताहिक
उदयपुर । उदयपुरमा अरिङगालले टोकेर १ जनाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको हो ।
बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रूखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाइते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।