गोली प्रहार गरी प्रहरीद्धारा डाका समुह पक्राउ - Crazysaptahik.com

गोली प्रहार गरी प्रहरीद्धारा डाका समुह पक्राउ

क्रेजी साप्ताहिक
पथरी । आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३.३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई पक्राउ गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्नि्िसङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका–२ स्थित भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्नि्िसङमा लुटपाट गर्ने गिरोहका चार जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको थियो । डाँकालाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ । उनको अवस्था समान्य रहेको छ । डाँकाको साथबाट हतियार तथा औजार बरामद गरिएको छ ।

गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह रहेका छन् । उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ । सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय नागरीक र एक रौतहटका छन् । घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

सम्बन्धित खवर