क्रेजी साप्ताहिक
पथरी । रिलायन्स सिमेन्ट कम्पनीका एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् । दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर भागेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यसअघि गत भदौ २९ गते पनि अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षीय महेन्द्र कुर्मीको ५ लाख रुपैयाँ लुटिएको थियो ।