सरकारले एसिड आक्रमणमा परेकी जेनी र मुस्कानलाई ३ लाख सहयोग गर्ने - Crazysaptahik.com

सरकारले एसिड आक्रमणमा परेकी जेनी र मुस्कानलाई ३ लाख सहयोग गर्ने

क्रेजी साप्ताहिक
पथरी । सरकारले एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३÷३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

गत जेठ १ गते साँझ काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई उनकै श्रीमान विष्णु भुजेलले एसिड प्रहार गरेका थिए । मुस्कानलाई भदौ २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए । एसिड आक्रमणमा परेका उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।

सम्बन्धित खवर