क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर - Crazysaptahik.com

क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन् ।

चन्दले पूर्व अध्यक्ष समेत रहेका विजयराज पाण्डेलाई भारी मन्तान्तरले पराजित गरेका हुन् । शनिबार भएको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरेका छन् भने पाण्डेले १५ मत पाए ।

यसैगरी उपाध्यक्ष, सचिव, कोषाध्यक्षका साथै केन्द्रीय सदस्यहरु पनि उनकै समूहको आएका छन् ।

उपाध्यक्षमा रालुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषध्यक्षमा रोशन सिंह विजयी भए । श्रेष्ठले ४१ मत पाउँदा उनका प्रतिद्वन्द्वी मिङ्ग्मा डण्डू शेर्पाले १७ मत पाए । चन्द समूहबाट सचिवमा निर्वा्चित प्याकुरेलले ४३ मत पाउँदा उनका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत पाए । कोषध्यक्षमा विजयी सिंहले ४५ मत पाउँदा उपेन्द्र भट्टराईले १२ मत मात्र पाएका छन् ।

प्रदेश १ बाट कैलाश विष्ट र ३ बाट अमितवीर पाण्डे केन्द्रीय सदस्य चुनिएका छन् ।
खुलातर्फबाट दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र कख महोत्रा क्षेत्री विजयी भएका छन् ।

केन्द्रीय सदस्यको चुनाव लडेका प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पवन अग्रवाल भने पराजित भएका छन् ।

यस्तै केन्द्रीय सदस्यहरमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, ४ बाट ऋषिराम गौतम, ५ बाट प्रशान्त विक्रम मल्ल, ६ बाट पदमबहादुर खड्का र ७ बाट विक्रम विष्ट निर्वारोध निर्वाचित भएका थिए ।

सम्बन्धित खवर