‘सीमित जनशक्तिले काम गर्नुपरेको छ’ - Crazysaptahik.com

‘सीमित जनशक्तिले काम गर्नुपरेको छ’


अम्बिकाप्रसाद धमला, प्रमुख प्रशासकीय अधिकृत
पथरीशनिश्चरे नगरपालिका

यो नगरपालिका कर्मचारी प्रशासन सञ्चालन कसरी गरिरहनु भएको छ ?
– तत्कालै तीन वटा स्थानीय तह (संघ, प्रदेश र स्थानीय तह)को समायोजन भएको छ । स्थानीय तहमा कार्यरत प्रदेशतिर परेका कर्मचारीहरु छन् । प्रदेशतिरका स्थानीय तहमा आउने कर्मचारीहरु पनि सबै आइनपुगेको अवस्थाले गर्दा कार्य सञ्चालनमा अत्यन्त कठिन अवस्था छ । सीमित जनशक्तिले काम गर्नुपरेको छ ।

कर्मचारी पुग अपुग के छ ?
– अपुग नै छ । रित्त दरबन्दी पद पूर्तिका लागि लोकसेवा आयोगले संघीय मामिला तथा मन्त्रालयले माग गरेको छ ।

आम्दानीको मुख्य स्रोत–साधन के पाउनुभयो ?
– पथरीशनिश्चरे नगरपालिकाको आम्दानीको स्रोतहरु गिटी, बालुवा, मालपोतबाट आफंै राजस्व, सम्पतिकर, अन्य सिफारिस दस्तुरहरु नै हुन् ।

सेवा–प्रवाहबाट जनता कतिको खुसी पाउनुभएको छ ?
– म आएको ४ महिना हुन लाग्यो । अत्यन्तै सीमित जनशक्तिबाट सेवाग्राहीलाई सेवा–प्रदान गर्ने प्रयत्न गरिरहेका छौं । हालसम्म चाहिँ कुनै पनि सेवाग्राहीहरुको गुनासो सुनिएको छैन ।

–प्रस्तुति : भूमिप्रसाद पाठक

सम्बन्धित खवर