पथरीशनिश्चरेमा रेविज विरुद्ध खोप - Crazysaptahik.com

पथरीशनिश्चरेमा रेविज विरुद्ध खोप

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका घरपालुवा कुकुर र विरालोलाई निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ ।

१३ औं विश्व रेविज दिवशका अवसरमा वडा नम्वर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा शनिवार आयोजित निःशुल्क शिविरमा ६० वटा कुकुर र ३ वटा विरालोलाई खोप लगाइएको छ ।

नगर प्रमुख दिलिपकुमार राई, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ सहितले कार्यक्रमको उद्घाटन् गर्दै रेविज खोप लगाएको कार्ड समेत पशुधनीलाई वितरण गरे।

नगरपालिकाको पशुपंक्षी शाखा एवम् पाराभेटेरीनगरी एण्ड लाइभस्टक एशोसियसन इकाई कमिटीको आयोजनामा शिविर सञ्चालन भएको हो ।

रेविज रोग उन्मुलनका लागि वडा वडामा समेत कुकुर र विरालोलाई खोप लगाउने योजना रहेको शाखाका प्राविधिक पर्वत शाहले जानकारी दिए ।

सम्बन्धित खवर