दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु - Crazysaptahik.com

दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु


क्रेजी साप्ताहिक
इलाम । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उहाँको मृत्यु भएको इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर