अनुगमन टोली नै ब्यापारीको घेरावन्दिमा - Crazysaptahik.com

अनुगमन टोली नै ब्यापारीको घेरावन्दिमा

क्रेजी साप्ताहिक
पथरी । अनुगमन गर्न गएको सरकारी टोलीनै व्यापारीको घेरावन्दिमा परेको छ । नयाँ बसपार्कको बिजी मलमा अनुगमनमा गएको टोली ब्यापारीको घेराबन्दीमा परेको हो । नजिकिदै गरेको चाडपर्वलाई लक्षीत गरेर कालोबजारी र महँगी बढ्ने गरेपछि टोलले अनुगमन शुरु गरेको थियो ।

मलमा अनुगमन गरेर कारवाही कारवाही प्रक्रिया थालेलगत्तै सबै सटर बन्द गरेर ब्यापारी प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले सरकारी अनुगमन विरुद्ध नाराबाजीसमेत गरेका छन् । घेराबन्दीमा परेपछि टोलीले प्रहरी प्रशासनबाट सुरक्षा र सहयोग मागेको छ । महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक सन्तोष दाहालले ब्यापारीको विरोधका बीचमा पनि अनुगमन चलिरहेको बताए । उनले टोलीले ब्यापारीलाई अनुगमनको उद्देश्य प्रष्ट पारेपछि अवस्था समान्य बनेको बताए ।
अघिल्लो हप्ता पनि रञ्जना गल्लीमा पनि अनुगमन टोली ब्यापारीको घेराउमा परेको थियो । दुई दिनअघि दरबारमार्गमा पनि अनुगमन टोली पुगेपछि सबै पसल बन्द गरिएका थिए ।

चाडबाडमा ठगी रोक्न भन्दै विभागले विभिन्न टोली बनाएर अनुगमन बढाएको छ । तर, विभागलाई जताततै ब्यापारीले असहयोग गरेका छन् ।

सम्बन्धित खवर