इटहरीको संगीत यात्रा भारी वर्षाका कारण प्रभावित - Crazysaptahik.com

इटहरीको संगीत यात्रा भारी वर्षाका कारण प्रभावित

क्रेजी साप्ताहिक
पथरी । हिजो शनिवार साँझ ५ बजे देखि प्रदेश न १ स्थित इटहरीको जनता स्कुलको प्राङ्गणमा हुने सम्पूर्ण तयारीमा रहेको नेपाल आइस प्रादेशिक संगीत यात्रा हिजो बिहान देखि दिनभरी नै आएको भारी वर्षाले प्रभावित भएकोले गर्दा उक्त कार्यक्रम हुन सकेन ।

साउण्ड र स्टेजको सम्पूर्ण तयारी सकिएको र कलाकारहरु मेलिना राई , छेवाङ्ग लामा , एपी शेर्पा लगायतका कलाकारहरु इटहरीमै भएपनि भारी वर्षाका कारण कार्यक्रम संचालन गर्न नसकिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।दशैंको अवसर परेकोले कलाकारहरुको यसपछिको बिजी सेड्युललाई मिलाएर अर्को मिति चाडै सार्व्जिनक गर्ने र पुरानै टिकट तथा पासहरु मान्य हुने आयोजक सिल्भर इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

सम्बन्धित खवर