टिपरको ठक्करबाट बालकको मृत्यु - Crazysaptahik.com

टिपरको ठक्करबाट बालकको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । ट्रिपरको ठक्करबाट मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आज एक बालकको मृत्यु भएको छ । दिउँसो पौने ३ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यस अघि २०७५ माघ १४ गते पनि ना ३३ ख ३३३५ नम्बरको टिपरको ठक्करबाट ११ बर्षिया लक्ष्मी ढकालको मृत्यु भएको थियो । सो घट्नापछि स्थानीयले आधा दर्जन बढी टिपर जलाउनुका साथै सो सडकमा टिपर आवातजावतमा रोक लगाएका थिए । सोही समयमा स्थिति तनावपुर्ण बनेपछि जिल्ला प्रशासन कार्यलय मोरङले निषेधाज्ञा समेत जारी गरेको थियो ।

सम्बन्धित खवर