पेस्तोलसहित दुई जना पक्राउ - Crazysaptahik.com

पेस्तोलसहित दुई जना पक्राउ

क्रेजी साप्ताहिक
सुनसरी । प्रहरीले पेस्तोल र लागुऔषधसहित आइतबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

भारतबाट अवैध रुपमा हतियार र लागुऔषधसहित नेपालतर्फ आउँदै गर्दा जाँच गर्ने क्रममा उनीहरुलाई बर्जु गाउँपालिका–३ अमडुवाबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयेग गरिने म्याग्जिन तीन थान तथा विभिन्न लागुऔषध बरामद गरिएको हो ।

सम्बन्धित खवर