सुनको भाउ घट्यो - Crazysaptahik.com

सुनको भाउ घट्यो


क्रेजी साप्ताहिक
पथरी । नेपाली बजारमा निरन्तर उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउमा आज गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला रु ७० हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८ सय मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले घटेको हो ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५ सय मा कारोबार भएको थियो तर आज भने प्रतितोला रु ६९ हजार ९ सयमा नै कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६ सयले घटेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा रु १५ ले घटेर प्रतितोला रु ८ सय ४५ मा कारोबार भएको छ ।

सम्बन्धित खवर