बलिउडको चर्चित फिल्म शोलेमा कालियाको भूमिका निभाएका कलाकार भिजु खोटेको निधन भएको छ ।
शरीरका विभिन्न अंगहरूले काम गर्न छोडेका खोटेको सोमबार बिहान मुम्बईमा निधन भएको हो। उनी ७७ वर्षका थिए । उनले सन् १९६४ मा ’या मालक’ सिनेमामा अभिनय गरेर बलिउड यात्रा सुरू गरेका थिए ।
तीन सयभन्दा बढी हिन्दी र मराठी भाषाका सिनेमामा अभिनय गरेका खोटेलाई धेरैले शोलेमा उनले निभाएको कालियाको भूमिकाका कारण चिन्छन्। शोलेको एउटा चर्चित डाइलगले उनी चर्चित छन् । गब्बरले भन्छन्, ‘तेरा क्या होगा कालिया ?’ अनि कालियाले भन्छन् ‘सरदार मेने आपका नमक खाया हे सरदार।’
उनी सन् २०१८मा उनलाई अन्तिम पटक ‘जाने क्यु दे यारों’ सिनेमामा देखिएका थिए । भिजु खोटे भारतका अर्का चर्चित कलाकाल शुभा खोटेका कान्छा भाइ हुन् । उनका बुबा नन्दु खोटे पनि कलाकार थिए ।