मलामीबाट फर्कने क्रममा ग्याङ फाइट - Crazysaptahik.com

मलामीबाट फर्कने क्रममा ग्याङ फाइट

क्रेजी साप्ताहिक
पथरी । मलामी गएर फर्केने क्रममा दुई पक्ष बीच ग्याङ फाईट हुँदा भोजपुरमा २ जना घाइते भएका छन् । षडानन्द नगरपालिका १३ पातालमा भएको सो कुटपिटबाट २ जना घाईते भएका हुन् । कुटपिटकम संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार साझँ ७ बजेको समयमा मलामीबाट फर्किने क्रममा सोही स्थान बस्ने ईन्द्रध्वज तामाङ र अम्मर बहादुर तामाङलाई सोही ठाउँका रिकमान तामाङ, प्रेम मणी तामाङ , चन्द्र कुमार तामाङ सन्तबिर तामाङले पुरानो रिसिबीको कारण कुटपिट गरी घाईते बनाएका थिए । घाईते २ जनाको स्थानीय स्वास्थ्य चौकी बोया भोजपुरमा उपचार भईरहेको छ भने कुटपिट गर्ने चारै जनालाई प्रहरी चौकी बोयाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित खवर