चाडवाडमा प्रदेश १ प्रहरीको सुरक्षा योजना - Crazysaptahik.com

चाडवाडमा प्रदेश १ प्रहरीको सुरक्षा योजना

क्रेजी साप्ताहिक
बिराटनगर । नजिकिदो चाडपर्वलाई लिएर प्रदेश १ प्रहरीले सुरक्षा योजना अघि सारेको छ ।

विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित हुदै प्रदेश प्रहरीले नागरिक सुरक्षा योजना ल्याएको बताएको छ ।

प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक शेखर कोइरालाका अनुसार यसबीच प्रहरीले मातहतका १४ जिल्लाहरुमा अनुगमन तथा सुपरिवेक्षण गर्ने छ। प्रवक्ता कोइरालाले चाडवाडमा अप्रिय घटना नहोस भन्नका लागि १४ जिल्लामा जनपथ प्रहरीतर्फ ७ हजार ७ सय ७१ जना खटिने जानकारी दिए । उनले भने, २४ घण्टा राजमार्गमा विशेष चेकिङका लागि २ सय ५९, कार्यालय सुरक्षामा १ हजार १ सय ३२, मोबाईल गस्तीमा ५ सय ९ जना खटिनेछन् ।

यसैगरी सडक दुर्घटनातर्फ लक्षित हुदै प्रहरीले राजमार्ग स्र्क्टिङतर्फ १ सय ६७, ट्राफिकसहितको संयुक्त चेकिङमा ४ सय ९८ र हतियारसहित लोकमार्गमा क्रस पेट्रोलिङमा १ सय ५ जना प्रहरी खटिनेछन् ।

त्यसैगरि, दंगा नियन्त्रणतर्फ १ सय ६२ जनालाई खटाइएको जनाइएको छ। प्रवक्ता कोइरालाका अनुसार ट्राफिकतर्फ १४ जिल्लामा ३ सय ७ जना खटिनेछन्। त्यसैगरि, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत चाडवाडको अवसरमा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले १४ जिल्लाका विभिन्न बसपार्कहरुमा अभियानका रुपमा सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना सहित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.